काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।
पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए । यसअघि जसपा केन्द्रीय सदस्य एवं पूर्व सांसद डा.शिवजी यादव नेकपा प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया