ताजा समाचार


वीरगञ्जमा तस्कर र सशस्त्र प्रहरीबिच झडप,२ प्रहरी घाइते

द रियल समाचार     २०७७ माघ ३०, शुक्रबार, १२: ०१ मा प्रकाशित




पर्सा । वीरगञ्जमा तस्कर र सशस्त्र प्रहरीबिच झडप भएको छ ।

सशस्त्र प्रहरीले भारतीय बालुवा तस्करलाई नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेको देखेपछि उनीहरूलाई रोक्ने क्रममा झडप भएको हो । तस्कर र सशस्त्र प्रहरीबिचको झडपमा दुईजना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा २४ वर्षीय आयुष राय यादव र २५ वर्षीय नरेश यादव रहेका छन् । देब्रे कानमा चोट लागेको आयुषलाई १८ वटा टाँका लगाइएको छ भने नरेशको देब्रे हातको हड्डी भाँच्नुका साथै खुट्टामा गम्भीर चोट लागेको नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

स्थानीय ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजाँदै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप हुँदा उनीहरु घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा भारतीयहरुले लाठि, भाठा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिती तनावग्रस्त बनेको थियो ।
ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरेपनि सुरक्षा निकायले उनीहरुलाई रोक्न सकेको छैन् ।

तस्बिर : सांकेतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top