सर्लाही । सर्लाहीमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर-५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांशु साहको नालामा डुबेर मृत्यु भएको हो ।
बिहीबार साँझदेखि घरबाट हराएका बालक हिमांशुको खोजी गर्दैजाँदा घर अगाडिको नालामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया