ताजा समाचार


तामाङ तथा शेर्पा समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै

द रियल समाचार     २०७७ माघ ३०, शुक्रबार, १०: ५२ मा प्रकाशित




काठमाण्डौ । तामाङ तथा शेर्पा समुदायले आज सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व मनाईरहेका छन् ।

माघ शुक्ल प्रतिपदाका दिन दुबै समुदायले सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाईरहेका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश भएसँगै २८५७ औँ वर्ष सुरु हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top