काठमाण्डौ । काठमाण्डौमा फेरि बर्ड फ्लु देखिएको छ ।
काठमाण्डौको तारकेश्वर नगरपालिकामा बर्ड फ्लु देखिएको हो ।
सोही नगरपालिकाको वडा नम्बर-७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु रोग देखिएपछि नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रण भएको केहि समयमै त्यहाँ फेरि वडा नम्बर-१ का कृषकले पालेका हाँसमा बर्ड फ्लु प्रमाणित भएको छ ।
पशु सेवा विभागले दिएको जानकारी अनुसार रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र सर्न नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ ।
रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको विभागले जनाएको छ ।
यस क्रममा १ हजार ४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८ सय केजी दाना नष्ट गरिएको र रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया