काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई रिहा गरेपछि प्रहरीले घरमै लगेर छाडिदिएको छ ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो । झाँक्रीलाई दिनभर काठमाण्डौस्थित अपराध अनुसन्धान विभागमा राखिएको थियो ।
रिहा भएपश्चात झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको बताएकी छिन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने समेत उद्घोष गरिन् । उनले भनिन्,‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो ।’
उनी आफ्नो पति पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएकी हुन् ।
प्रतिक्रिया