ताजा समाचार


पीसिआर परीक्षणको शुल्क अब एक हजार मात्र लाग्ने

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १६: ०६ मा प्रकाशित




काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क अब एक हजार रुपैयाँ मात्र लाग्ने जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारी प्रयोगशालामा गरिने नमुना परीक्षणका लागि एक हजार रुपैयाँ निर्धारण गरेको हो ।

आइसिएसका पदाधकारी सहित कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले अब उपरान्त सरकारी प्रयोगशालाहरुमा पीसिआर परिक्षणको शुल्क समायोजन गरि प्रति परिक्षण एक हजार रुपैयाँ निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

यसअघि मन्त्रालयले सरकारी प्रयोगशालामा गरिने परीक्षणको शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top