ताजा समाचार


हवाई कारबाहीमा तालिबान समूहका २७ लडाकू मारिए

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १५: ४८ मा प्रकाशित




एजेन्सी । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका २७ लडाकू मारिएको जनाएका छन् ।

सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ ।

कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमाण्डर पनि मारिएको सेनाको दाबी छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top