ताजा समाचार


प्रधानमन्त्री ओली श्रीपेचबिनाका श्री ७ महाराज बन्न खोजेको डा.केसीको आरोप

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १५: ४२ मा प्रकाशित




काठमाण्डौ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै पटक पटक आन्दोलन गर्दै आईरहेका डा.गोविन्द केसीले २० औं पटक फेरि आमरण अनसनमा बस्ने घोषणा गरेका छन् । तर यसपटक उनी प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका हुन् ।

३ बुँदे माग राख्दै डा.केसीले फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेचबिनाका श्री ७ महाराज बन्न खोजेको आरोप लगाए ।

आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि आफुले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए । डा.केसीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताए । उनले भने,‘प्रजातन्त्रको हत्या गर्न खोज्ने तानशाही हामीलाइ स्वीकार्य छैन ।

अदालतले संविधानको रक्षा नगरे जनताले जवाफदेही बनाउनेछन् । गैरसंवैधानिक प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गर्नेमा मलाई विश्वास छ ।’ केसीले उनले अनशन बस्ने स्थल भने खुलाएका छैनन् । ‘७७ जिल्लामध्ये जहाँ पनि बस्न सक्छु । अहिले नै ठाउँ भनियो भने ओलीले गैरकानुनी बल प्रयोग गरेर अनशन बस्नै दिँदैनन्,’ उनले भने ।

डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने लगायतका विभिन्न ३ बुँदे माघ अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top