ताजा समाचार


प्रधानमन्त्रीको आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड, समर्थकद्वारा गृहमन्त्री थापाको राजीनामा माग

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १४: ०७ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

प्रचण्डले झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । उनले भने,‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोलेपछि उनलाई पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो ।’ राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ ।

यसैबिच नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरु विरोधमा उत्रेका छन् । नेतृ झाँक्रीका समर्थकहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन् । शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले झाँक्रीको रिहाईको माग गर्दै गृहमन्त्री थापाको राजीनामा मागेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नाराबाजी गरेका छन् । राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top