काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको निवासमा पुगेको छ ।
उनलाई पक्राउ गर्न प्रहरी पुगेको थाहा पाएपछि उनका समर्थकहरु उनको निवास अगाडी पुगेर प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।
झाँक्रीका समर्थकहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाँक्री हाईहाईलगायतका नारा लगाएका छन् ।
नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोली पक्राउ गर्न बानेश्वर पुगेपछि जम्मा भएका समर्थकहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया