ताजा समाचार


मुल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, ११: ४३ मा प्रकाशित




काठमाण्डौ । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले तेलको मूल्यवृद्धि एकमुष्ठ रुपमा फिर्ता लिन माग गरेका हुन् ।

व्यवसायीहरुले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

यदि त्यसो गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीको भनाइ छ ।

उनीहरूले या त मूल्यवृद्धि फिर्ता लिन नभए सार्वजनिक सवारी साधनको हकमा विशेष सुविधा लागू गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले यसअघि पनि पुस १६ गते, माघ ५ गते र २८ गते गरि लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top