काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेतृ झाँक्रीलाई आज सोधपुछका लागि बोलाएको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनलाई सोधपुछका लागि बोलाएपनि उनी भने आउन अस्वीकार गरेको जानकारी दिए ।
गोरखामा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला नेतृ झाँक्रीले राष्ट्रपति बारे अशोभनीय टिप्पणी गरेको भन्दै ओली निकटका अनेम संघले उनीमाथि कारबाही गर्न माग गरेको थियो ।
यता प्रहरीले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएपनि उनी आफू कहिं नजाने प्रतिक्रिया दिएकी छिन् ।
प्रतिक्रिया