जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर-३ गौरिडाँडामा एकजनाको गोदाम घरमा प्लास्टर गरिरहेको क्रममा करेन्ट लाग्दा दोलखा घर भएका ५५ वर्षीय राजुकुमार मगरको मृत्यु भएको हो ।
स्थानीय निखिल कुमार अग्रवालले बनाउँदै गरेको टायल मार्वल गोदाम घरको प्लास्टर गर्ने क्रममा भर्याङबाट लडि विद्युतको मेन तारमा छोएर मगरलाई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा बिहीवार बिहान जनसेवा अस्पताल बर्दिबासमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया