ताजा समाचार


दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १०: १४ मा प्रकाशित




एजेन्सी । दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पपछि अमेरिकी भूवैज्ञानिक एजेन्सीले सुनामीको चेतावनी समेत दिएको छ । यद्यपि यसले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ ।

यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा गएको भूकम्पका कारण सुनामी आएको पुष्टि गरेको छ भने अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top