सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सरस्वती पूजाको नाममा चन्दा नअसुल्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका १७ वटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र जिल्लास्थित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाममा पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आसन्न सरस्वती पूजा भक्तिभावका साथ विधिपूर्वक सम्पन्न गर्न ठुलो धनराशीको आवश्यकता नपर्ने भएको हुँदा सरस्वती पूजाको नाममा बिद्यार्थी वा अभिभावकसँग कुनै किसिमको शुल्क वा चन्दा नअसुल्न र उठाईसकेको भए फिर्ता गर्न आग्रह गरेका छन् ।
प्रजिअ कणेलले पूजामा डिजे बाजाको प्रयोग नगर्न, अश्लिल तथा छाडा गीत नबजाउन एवं मूर्ति बिसर्जन गर्ने नाममा बालबालिकालाई समेत प्रयोग नगर्न सबैसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया