सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल हाल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सप्तरीको महदेवा गाउँपालिकाको डाढामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष यादवले ओलीलाई संविधान उल्लंघन गरेको कसुरमा जेल हाल्नुपर्ने बताएका हुन् ।
यादवले भने,‘कसैले ऐन कानुन उल्लंघन गरेमा कारबाही गरिने व्यवस्था अनुरुप देशको मूल कानुन उल्लंघन गरी संसद विघटन गरेको कसूरमा ओलीलाई जेल हाल्नु पर्छ ।’
उनले निर्वाचन आयोगले समेत तमासा गरिरहेको आरोप लगाए । उनले भने,‘निर्वाचन आयोग पनि सेटिङमा छ,तमासा बनाइरहेको छ । लोकतन्त्रलाई नै समाप्त पार्ने सेटिङविरुद्ध जनसेटिङका माध्यमले जनसंघर्ष गरी लोकतन्त्र,गणतन्त्र र संघियतालाई जोगाउनुपर्छ ।’
विपक्षीको विरुद्धमा सतापक्षको ¥याली निकाल्ने कार्य संसारमा कही नदेखिएको बताउँदै उनले सरकारी खर्चबाट सत्तापक्षले ¥याली र सभा गरिरहेको आरोप समेत लगाए । लोकतन्त्रको हत्यापछि निर्वाचनको कुनै महत्व नरहने बताउँदै उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको जिकिर गरे ।
प्रतिनिधिसभा भंग गरी काम चलाउ बनेको सरकारले विभिन्न संवैधानिक निकायमा नियुक्ती,कर्मचारी सरुवा र सरकारी कोषमा मनलागि खर्च गरिरहेको नेता यादवले आरोप लगाए ।
यादवले प्रधानमन्त्री ओलीले देशमा संकटकाल र सैनिक शासन लगाउने प्रयत्न गरिरहेको दाबी समेत गरे ।
प्रतिक्रिया