काठमाण्डौ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्यबृद्धि गरेको हो ।
अब पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको ९५ रुपैयाँ पुगेको छ भने एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।
निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको हो । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूलयबृद्धि गरिएपनि निगमलाई पेट्रोलमा अझै प्रति लिटर ५ रुपैयाँ १६ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ १ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया