ताजा समाचार


संसद विघटन विरुद्ध जसपाद्वारा जनकपुरधाममा मशाल जुलुस निकालियो (फोटोफिचर)

द रियल समाचार     २०७७ माघ २८, बुधबार, १८: ४२ मा प्रकाशित




जनकपुरधाम । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेको छ ।

पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज मशाल जुलुस निकालिएको हो । संसद विघटन र संवैधानिक निकायमा अवैधानिक नियुक्तिलगायतका विरोधमा मशाल जुलुस निकालिएको जसपा धनुषाले जनाएको छ ।

स्थानीय रेल्वे स्टेशनबाट निकालिएको मशाल जुलुस जनकचोकमा आएर सम्पन्न भएको थियो । मशाल जुलुसमा जसपाका नेताहरु परमेश्वर साह, संजय चौधरी, राजु चौधरी, पप्पु चौधरी, धिरेन्द्र सिंह, उमेश मण्डल, रमण सिंह, संजय साह, प्रमोद यादव, सदाशिव मिश्र, दिपक झा, रिता मिश्र, विभा ठाकुर, ममता चौधरी, सुदर्शन सिंह, प्रशान्त झा, रोशन मिश्र, किशन साहलगायत दर्जनौं व्यक्तिहरु सहभागी थिए ।

मशाल जुलुस प्रदर्शन गर्ने क्रममा जसपाका नेता कार्यकर्ताहरूमाथि प्रहरीले बल समेत प्रयोग गरेको थियो । जसपाले यसअघि नै जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top