ताजा समाचार


नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

द रियल समाचार     २०७७ माघ २८, बुधबार, १६: ५९ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौमा नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोटको तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, सोही ठाउँ बस्ने ३५ वर्षीय जित भनिने मेख तामाङ, झापा विर्तामोडका ५३ वर्षीय पप्पु भनिने अभयकुमार चौधरी, नुवाकोटको तारकेश्वर नगरपालिका–५ का २० वर्षीय चन्द्र भनिने जेरि तामाङ र तार्केश्वर नगरपालिका बस्ने २६ वर्षीय राज तामाङ रहेका छन् ।

उनीहरुलाई काठमाण्डौको ताहाचलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुले सोही ठाउँ बस्ने एक व्यक्तिलाई माघ २१ गते सुन जस्तो देखिने एक केजी पहेलो धातु देखाएर ५५ लाख रुपैयाँ ठगी गरेका थिए । माघ २६ गते पीडितले अपराध महाशाखामा उजुरी दिएपछि प्रहरी खोजतलासमा जुटेको थियो । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट ९ लाख ५० हजार नगद, दुई वटा मोटरसाइकल र ५ थान मोबाइल समेत बरामद भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top