जनकपुरधाम । प्रदेश नम्बर २ मा निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।
प्रदेश नम्बर २ को प्रदेश सभाबाट पारित भई आएको ’प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् ।
प्रदेशको प्रदेशसभाबाट कार्तिक ३ गते पारित भई माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको यस विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् ।
यो विधेयकसहित उनको कार्यकालमा प्रमाणीकरण गरिएका विधेयकको संख्या १७ पुगेको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका हालसम्मको विधेयकको संख्या ३९ पुगेको प्रदेश प्रमुखको सचिवालयलेजनाएको छ ।
तस्बिर : प्रदेश प्रमुखको सचिवालय, प्रदेश नम्बर २, जनकपुरधाम
प्रतिक्रिया