धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि कैलालीको धनगढीमा निरन्तर विरोध प्रदर्शन हुन थालेको छ ।
सुदूर पश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढीमा बिभिन्न क्याम्पसका बिद्यार्थी तथा अधिकारकर्मीहरुले प्रर्दशन गर्न थालेका हुन् ।
धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ ।
दैनिकजसो भईरहेका विरोध र प्रदर्शनले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय घेरिन थालेको छ । दोषीलाई कारवाहीको माग गर्दै बिद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् । बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ ।
प्रदेशको अस्थायी मुकाम धनगढीमा हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै सुदूरपश्चिमाञ्चल क्याम्पस, कैलाली बहुमुखी क्याम्पस लागायतका बिद्यार्थीले मुख्यमन्त्री कार्यालय प्रायः दैनिक जसो घेराउ गर्ने गरेका छन् ।
प्रतिक्रिया