ताजा समाचार


एसिड पिडित आरतीलाई मुख्यन्यायाधिवक्ताको कार्यालयमा जागिर दिइने

द रियल समाचार     २०७७ माघ २८, बुधबार, १४: ०९ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामकी एसिड पिडित आरती साहलाई प्रदेश नम्बर २ सरकारले जागिर दिने भएको छ ।

प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आगामी आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन् । मुख्यन्यायाधिवक्ता झाले आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र उनले न्याय समेत पाउने बताए । उनले आरतीको मुद्धा अहिले जिल्ला अदालतमा अन्तिम अवस्थामा रहेको जानकारी दिए ।

गत कात्र्तिक १९ गते दीपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए । यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ ।

सञ्जीवले आरतीमाथि एसिड प्रहार गर्नुभन्दा एकदिन पूर्व नागेन्द्र साहको निखिल स्टोरबाट ८० रुपैयाँमा एउटा बियरको बोतलमा एसिड खरिद गरेको अनुसन्धानबाट खुलेको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ ।

त्यस्तै एसिड आक्रमणमा परी उनको छोरी रियाको समेत दाहिने हात र टाउकोमा खत बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top