ताजा समाचार


संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहको विरोध प्रदर्शन

द रियल समाचार     २०७७ माघ २८, बुधबार, १३: ५९ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले विरोध जुलुस काठमाण्डौको विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । विरोध सभा अघि माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निकालिएको संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए ।

यसैबीच सभाका लागि काठमाडौँको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ । सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयमसेवक परिचालन गरिएको छ । आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्न लागेका छन् ।

विरोधसभामा सहभागी गराउन दाहाल–नेपाल समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाण्डौमा उतारेको छ । प्रदर्शनमा सहभागी हुन प्रदेश २ का हरेक स्थानीय तहबाट कम्तीमा दुई वटा बसमा नेता कार्यकर्ताहरु काठमाण्डौ पुगेका छन् । जुलुस तथा विरोधसभाका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

यसअघि यो समूहले पुस १४ र माघ ९ मा पनि काठमाण्डौमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top