ताजा समाचार


निर्वाचन सामग्री खरिदका लागि आयोगले टेण्डर आह्वान गर्दै

द रियल समाचार     २०७७ माघ २८, बुधबार, ११: ४८ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न टेण्डर आह्वान गर्न लागेको छ ।

आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले सम्भवतः आजै टेण्डर आह्वान गर्ने तयारी रहेको बताए ।

निर्वाचन आयोग तोकिएको मितिमै मध्यावधि निर्वाचन गराउने तयारीसहित लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उनले बताए ।

संसद विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला समेत नआएको र नेकपाभित्रको विवाद पनि समाधान नभएको अवस्थामा आयोगले चुनावी तयारीलाई तीव्रता दिएको हो ।
आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारले निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top