ताजा समाचार


लोक सेवामा ५ सय बढीको आवेदन आह्वान

द रियल समाचार     २०७७ माघ २८, बुधबार, ११: २८ मा प्रकाशित




काठमाण्डौ । लोक सेवा आयोगले सब-इन्जिनियर, कम्प्युटर अपरेटर, रेन्जरलगायतका पदमा ५ सय बढी आवेदन माग गरेको छ ।

आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको हो ।
आयोगले सब-इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला गरेको बताइएको छ ।

बुधबार गोरखापत्रमा सूचना निकालेर खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरिएको छ ।

दरखास्त अनलाइनबाट समेत भर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top