ताजा समाचार


काठमाण्डौमा दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन

द रियल समाचार     २०७७ माघ २८, बुधबार, ११: १४ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज काठमाण्डौमा शक्ति प्रदर्शनसहित बृहत् विरोध सभा गर्न लागेको छ ।

संसद विघटन विरुद्ध निरन्तर आन्दोलनमा रहेको दाहाल-नेपाल समूहले आजको प्रदर्शनमा देशभरीबाट २ लाख मानिस सहभागी हुने दाबी गरेको छ ।

प्रदर्शनमा सहभागी हुन प्रदेश २ का हरेक स्थानीय तहबाट कम्तीमा दुई वटा बसमा नेता कार्यकर्ताहरु काठमाण्डौ पुगेका छन् ।

काठमाण्डौमा विरोध सभामा आउनेको संख्या सोंचेभन्दा बढी हुने देखिएको भन्दै नेकपाले जुलुसको रुट समेत परिवर्तन गरेको छ ।

अब मूल जुलुस सुन्धारा र केशरमहल गरी दुई ठाउँबाट निस्कने संघर्ष समितिका सदस्य सूर्य सुवेदीले जानकारी दिए।

सुवेदीले भने,‘सोचेभन्दा बढी मास हुने भएपछि जुलुसको रुट परिमार्जन भयो। अब मूल जुलुस सुन्धाराबाट रत्नपार्क हुँदै सभास्थल भृकुटीमण्डप आउनेछ भने अर्को केशरमहलको जुलुस सीधै सभास्थल जानेछ ।’

सुन्धाराको जुलुसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्नेछन् भने केशरमहलको जुलुसको नेतृत्व संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, योगेश भट्टराईलगायतका नेताले गर्नेछन्।

काठमाण्डौका विभिन्न ११ स्थानबाट जुलुस निस्कने सुवेदीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top