एजेन्सी । रूसको कोमी क्षेत्रमा एक आवासीय भवनमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।
त्यहाँको समाचार संस्था तासले जनाए अनुसार कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू पुगेसम्ममा उक्त निजी आवासीय भवन जलिसकेको थियो ।
घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेको र उनीहरूको पहिचान गर्ने काम जारी रहेको बताइएको छ । आगलागीमा केही व्यक्ति घाइते समेत भएका छन् ।
प्रतिक्रिया