एजेन्सी । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि त्यहाँका सर्वसाधारणहरु प्रदर्शनमा उत्रेका छन् ।
सैनिक ‘कू’ विरुद्धको प्रदर्शनमा उत्रेका सर्वसाधारणमाथि मंगलबार प्रहरीले हस्तक्षेप गरेको छ । विरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले रबरका गोली र पानीको फोहोरा प्रहार गरेको छ ।
त्यस्तै नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीको पार्टी मुख्यालयमा समेत सेनाले हस्तक्षेप गरेको छ ।
सूकीको पार्टी मुख्यालयमा सैनिक जवानहरुले तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रहरीले दुई दर्जनभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ भने रबरको गोली लागेर थुप्रै प्रदर्शनकारीहरु घाइते भएका छन् । घाइतेको संख्या यकिन हुन सकेको छैन् ।
म्यानमार सेनाले सत्ता कब्जा गरी नेतृ सूकी लगायतका थुप्रै नेता कार्यकर्ताहरुलाई नजरबन्दमा राखेको छ ।
प्रतिक्रिया