ताजा समाचार


एसइई परीक्षा अब प्रदेश सरकारसँग सहकार्य गरी सञ्चालन गरिने

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, १७: ५९ मा प्रकाशित




काठमाण्डौ । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेश सरकारसँग सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भएको छ । संघिय सरकारको सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा नवौं संशोधन नियमावली २०७७ स्वीकृत गर्दै सरकारले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार जानकारी दिए । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षाको परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

बैठकले गृहमन्त्रालयको प्रस्तावमा पहिलो चरणमा बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश अन्र्तगतका ४० जिल्लामा र दोस्रो चरणमा बैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी मलेसियाको सामाजिक सुरक्षा संस्थाहरुसँगको समझदारी पत्र स्वीकृत तथा हस्ताक्षरका लागि अख्तियारी प्रदान गरेको छ भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी सरकारले सामाजिक सञ्जाल निर्देशिका २०७७ ल्याउने तयारी समेत गरेको बताइएको छ । मन्त्री गुरुङले स्वतन्त्रताका नाममा उच्छृंखल गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न निर्देशिका ल्याउन तयारी भइरहेका जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top