काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका जनवर्गीय संगठनहरुले मंगलबार काठमाण्डौमा मार्चपास गरेको छ ।
संसद विघटन लगायत प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध भोली बुधबार दाहाल–नेपाल समूहले काठमाण्डौमा बृहत जनप्रदर्शनसहितको विरोध सभा आयोजना गरिरहेको छ । विरोधसभाको पूर्वसंध्यामा मार्चपास गरिएको हो ।
विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले पुलचोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट निर्धारण गरेको छ ।
दाहाल–नेपाल समूहले बुधबार हुने जनप्रदर्शन निर्णायक हुने दाबी गरेको छ ।
प्रतिक्रिया