ताजा समाचार


जसपामा चुलियो विवाद : समायोजनमा सपाले एकलौटी गरेको आरोप

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, १७: १३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश समायोजन सुरु नहुँदै जनता समाजवादी पार्टीको भईरहेको जिल्ला समायोजनमा विवाद चुलिएको छ ।

सोमवार प्रदेश १ को सुनसरी जिल्लामा भएको समायोजनामा समाजवादीले एकलौटी रुपमा पार्टी कब्जा गर्न खोजेको आरोप एकिकृत दल राजपा नेपालले लगाएको छ । सम्पन्न समायोजन कार्यक्रमबाट जिल्ला समन्वय समितिको अध्यक्षमा सपा पक्षका भागिरथ खत्बे र सचिवमा प्रदीप कार्की लगायतका व्यक्तिहरुलाई चयन गरेपछि जसपा भित्र विवाद सुरु भएको छ ।

दुवै पार्टीबीचको समायोजन निर्देशिका, विधान र समायोजन सम्बन्धी पुरक सकुर्लरको अवज्ञा गर्दै सपाले एकलौटी रुपमा समायोजन गरेको सुनसरी जिल्ला जसपा समायोजनमा सहजीकरण कार्यदलको तर्फबाट राजपा पक्षका सन्तोष कुमार मेहता र मनिष प्रसाद रौनियारले संयुक्त विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।

सहमतिको बेवास्ता गर्दै राजपा पक्षको केन्द्रिय समायोजन सहजीकरण कार्यदल र जिल्ला समितिलाई बाईपास गरी एकतर्फी रुपमा कब्जा गर्ने मनसायले तथाकथित रुपमा विवादित बनाउने गरी जिल्ला समायोजनको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । पुर्व राजपाको जिल्ला समितिलाई बेवास्ता गरी केन्द्रिय निर्णय बिना नै समाजवादी पक्षका केही व्यक्तिलाई समेटेर कार्यकारिणी सदस्य महेन्द्र राय यादवको उपस्थितिमा जिल्ला समायोजन गरिएको खेदजनक रहेको र यसले पार्टी भित्र गुटबन्दी हावी भई संगठन नै धारासायी हुने भन्दै केन्द्रिय पदाधिकारी र कार्यकारिणी सदस्यलाई गम्भीर हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

यस्ता मनपरी रोक्न र अनुशासनको दायरामा ल्याउनमा माग गर्दै नाटकीय रुपमा गरिएको समायोजन राजपा पक्षलाई मान्य नहुने विज्ञप्तीमार्फत चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top