ताजा समाचार


अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाइयो

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, १६: ४२ मा प्रकाशित




काठमाण्डौ । अर्धवार्षिक समीक्षा मार्फत नेपाल सरकारले बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।

६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१.१९ प्रतिशत मात्र हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने,‘यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर छ । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती हुने छैन् ।’

बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।

संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top