ताजा समाचार


रहेनन् बलिउड अभिनेता राजिव कपुर

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, १५: ३७ मा प्रकाशित




एजेन्सी । भारतीय फिल्म अभिनेता, निर्माता, निर्देशक राजिव कपुरको आज हृदयघातका कारण निधन भएको छ ।

ऋषि कपुरकी श्रीमती नीतू कपुरले आफ्नो सोसल मिडिया अकाउन्टबाट पोष्ट गरेर यसबारे पुष्टि गरेकी छिन् । नीतू कपुरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट राजीव कपूरको तस्बिर शेयर गर्दै लेखिन्,‘रेस्ट इन पीस ।’

राजीवले सन् १९८५ मा आफ्ना पिताद्वारा अन्तिम निर्देशित चलचित्र राम तेरी गंगा मैलीमा मुख्य भूमिका निभाएका थिए । राजिवले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । शम्मी कपुर र शशी कपूर राजिवका काका थिए । उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हैं हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्ममा गनिन्छन् ।

दिग्गज बलिउड गायिका लता मंगेशकरले ट्वीटरमा ट्वीट गरेर राजिव कपुरको निधनमा शोक व्यक्त गरेकी छिन् । लता मंगेशकरले आफ्नो ट्वीटमा लेखिन्, ‘मैले भर्खरै थाहा पाएँ कि राज कपूर साहबका कान्छा छोरा, गुणी अभिनेता राजिव कपुरको आज स्वर्गवास भयो । सुनेर मलाई असाध्यै नराम्रो लाग्यो । ईश्वरले उनको आत्मालाई शान्ति प्रदान गरुन् । यही मेरो प्रार्थना छ ।’

राजिवको जन्म महाराष्ट्रको चेम्बूर भन्ने स्थानमा सन् १९६२ अगस्त २५ तारिखका दिन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top