जनकपुरधाम । बुद्ध एअरले जनकपुरधाम–काठमाण्डौ–जनकपुरधामका लागि दैनिक ४ वटा नियमित उडान सुरु गरेको छ ।
जनकपुरधामबाट एटिआर विमानको पहिलो फ्लाइट बिहान ८ः२५ बजे, दोश्रो फ्लाइट दिउँसो १ बजे, तेश्रो फ्लाइट बेलुका ४ः५० बजे र चौथो फ्लाइट साँझ ६:०५ बजे हुने बुद्ध एअर जनकपुरधामका प्रमुख विजय प्रसाद सिंहले जानकारी दिए ।
त्यस्तै काठमाण्डौबाट जनकपुरधामका लागि पहिलो फ्लाइट बिहान ७ः३० बजे, दोश्रो फ्लाइट दिउँसो १२ः१५ बजे, तेश्रो फ्लाइट बेलुका ४ः०५ बजे र चौथो फ्लाइट साँझ ५:३० बजे हुने उनले बताए ।
कोरोनाका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक रुपमा बजार विस्तार शुरुवात गरिएको बुद्ध एअरले जनाएको छ । यससँगै बुद्ध एअरले अब पोखराका लागि दैनिक ९, विराटनगरका लागि ८, भैरहवाका लागि ६, सिमरा, भरतपुर र भद्रपुरका लागि ५ तथा जनकपुरधाम र नेपालगञ्जका लागि दैनिक ४ उडान गर्ने भएको छ ।
बुद्धसँग ९ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरि जम्मा १४ वटा जहाजहरु छन् ।
प्रतिक्रिया