ताजा समाचार


राप्रपाले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, १४: २७ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

राप्रपाका तीनैजना अध्यक्षहरूबिचको बैठकले पार्टीका तर्फबाट प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको हो । बैठकले अन्य निर्णयहरु पनि गरेको बताइएको छ । राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीबिच भएको छलफबाट समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने निर्णय समेत गरिएको छ ।

त्यस्तै फागुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फागुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झण्डा तथा चुनाव चिन्ह अनावरण गर्नुका साथै प्रजातन्त्र दिवस मनाउने निर्णय भएको अध्यक्ष कमल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top