एजेन्सी । भारतको बिहार राज्यमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा मुछिएपछि स्थानीय एक प्रहरी चौकीका इन्चार्ज निलम्बनमा परेका छन् ।
मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो ।
यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका छन् ।
प्रतिक्रिया