ताजा समाचार


पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चूनाव हुने

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, ११: ४० मा प्रकाशित




काठमाण्डौ । सरकारले आगामी बैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

संसद विघटन गर्दै सरकारले पुस ५ गते नै बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि बैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।

संसद विघटन विरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top