महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
आगलागीबाट ५ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बर्दिबास नगरपालिका–८ खजुरीया टोलस्थित गोपाल गुर्मछानेको घरमा बिजुलीको तार सर्ट भइ आगलागी भएको थियो ।
आगलागीबाट गुर्मछानेको घर पूर्ण रुपमा जलेको छ । गुर्मछानेको काठ र खपडाले बनेको दुईतले घर पूर्णरुपमा जल्दा ५ लाख ७५ हजार रुपैयाँको क्षति भएको छ । आगलागीमा परि उनको घरभित्र रहेको जग्गा जमिनको लालपुर्जा, नागरिकता, लत्ताकपडा, दराज, अन्नपात, भाडाकुडा र नगद ६० हजार गरि करिव ५ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
आगो इलाका प्रहरी कार्यालय बर्दिबासबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा दिउँसो करिव ३ बजे नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया