जनकपुरधाम । अखिल नेपाल सरकारी अस्थायी तथा ज्यालादारी कर्मचारी श्रमिक संघले विभिन्न ८ सुत्रिय मागसहित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।
करार सेवामा कार्यरत कर्मचारीहरुलाई योगदानमूलक सामाजिक सूरक्षा (विमा, अवकाश कोष ) योगदानमूलक सामाजिक सूरक्षा (उपदान, उपचार खर्च वा यस्तै प्रकारका अन्य उपयूक्त विषय) को प्रवन्ध मिलाउनलगायतका विभिन्न माग गर्दै संघले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले आफ्ना मागहरुलाई सम्बोधन गर्दै नेपाल सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेट वक्तव्य बुँदा नम्बर २८६ मा समेत सम्पूर्ण अस्थायी तथा करार कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सूरक्षा कोषमा आबद्ध गराउने घोषणा समेत भईसकेको अवस्थामा सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन नगरि करारका कर्मचारीहरुको अधिकार हनन् भएको ठहर गरेको छ ।
ज्ञापनपत्र मार्फत मुख्यमन्त्री राउतलाई यस बिषयहरुको बारेमा जानकारी गराउँदै संघले फैसला र निर्णय, आदेशहरुको उपयुक्त कार्यान्वयनका लागि न्यायोचित पहल गरिदिन आग्रह गरेको अखिल नेपाल सरकारी अस्थायी तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ का अध्यक्ष लालबाबु यादवले जानकारी दिए ।
प्रतिक्रिया