रौतहट । जंगली जनवारहरुबाट बाली जोगाउन गहुँ खेतमा राखिएको विद्युतीय धरापमा परी रौतहटमा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका–७ बस्ने रितु महरा रहेको प्रहरीले जनाएको छ । चोरी गर्न गएका सो युवक भाग्ने क्रममा करेन्ट प्रवाह भएको तारमा अल्झिएको बताइएको छ ।
वृन्दावन नगरपालिका–९ भुसहाका मोहम्मद आलमको घरमा चोरी गर्न गएका महरालाई घरधनीले लखेटेपछि लमहा नदी तरेर भाग्ने क्रममा उनी खेतमा जोडिएको करेन्टमा अल्झिएका थिए । जनावर धपाउन राखेको विद्युतीय तारमा बिहान महरालाई मृत अवस्थामा देखेपछि खेतधनी मसकुर आलमले आफ्नो खेतको वरिपरि लगाएको तार हटाएर एक सय मिटर दक्षिण शेख मोजैरको गहुँ खेतमा शव राखेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताए ।
खेतमा तार जोडर करेन्ट प्रवाह गर्ने र मृतको शव अर्काको खेतमा लगेर राख्ने आलमलाई ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया