ताजा समाचार


संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने

द रियल समाचार     २०७७ माघ २६, सोमबार, १६: ५७ मा प्रकाशित




काठमाण्डौ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने बताइएको छ ।

पूर्वन्यायाधीश पाण्डेको निधनको शोकमा मुद्दाको सुनुवाइ बुधबारदेखि पुनः निरन्तर हुने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जानकारी दिए ।

पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको छ । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top