जनकपुरधाम । कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु भएको छ ।
सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो । आजदेखि ५ दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई काठमाण्डौस्थित सिभिल अस्पतालबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड मध्ये पहिलो चरणमा १ लाख ८४ हजार ८ सय ५७ जना फ्रन्टलाइनरलाई लगाइसकिएको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ४७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका थिए ।
प्रतिक्रिया