ताजा समाचार


पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्ष पछि पक्राउ

द रियल समाचार     २०७७ माघ २६, सोमबार, १२: २९ मा प्रकाशित




सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेको छ ।

पक्राउ पर्नेमा महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेको दैलेख प्रहरीले जनाएको छ ।

खोजतलासको क्रममा शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए ।

जिल्ला अदालत दैलेखबाट २ वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको हो ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका पत्रकार थापालाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top