ताजा समाचार


बारामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

द रियल समाचार     २०७७ माघ २६, सोमबार, १२: ०१ मा प्रकाशित




बारा । प्रदेश २ को बारा जिल्लामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

जिल्लाको महागढिमाई नगरपालिका वडा नम्बर-१ बस्ने बैजनाथ प्रसाद कुशवाहाको ४५ बर्षीय पत्नी कान्ति देवी कुशवाहाको हत्या गरिएको हो ।

कान्तिलाई अज्ञात समुहले आइतवार राती अन्दाजी १० बजेको समयमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

घटनापश्चात आज विहानैदेखि घटनास्थलमा प्रहरी टोली तालिमप्राप्त कुकुर सहित अनुसन्धानमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top