जनकपुरधाम । महोत्तरीमा दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने ४७ वर्षीय पुरन राउतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र ९ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ बजेतिर गाउँभन्दा १०० मिटर दक्षिण खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।
बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा सुनाएपछि दुबैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई शनिबार राति १०ः०० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
पक्राउ परेका राउतमाथि आवश्यक अनुसन्धान भईरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया