ताजा समाचार


जसपाद्वारा देशभर प्रधानमन्त्रीको पुत्ला दहन

द रियल समाचार     २०७७ माघ २५, आईतवार, १८: १२ मा प्रकाशित




जनकपुरधाम । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो । संसद विघटन र संवैधानिक निकायमा अवैधानिक नियुक्तिलगायतका विरोधमा आज ओलीको पुत्ला दहन गरिएको छ ।

यसैबिच जनकपुरधामको जनकचोकमा भएको पुत्ला दहन कार्यक्रममा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रामअशिष यादव, केन्द्रिय सदस्य संजय चौधरी, राजु चौधरी, सुदर्शन सिंह, प्रशान्त झा, रोशन मिश्र, बिशन साहलगायतका नेता कार्यकर्ताहरु सहभागी थिए । पुत्ला जलाउँदै गरेका नेता कार्यकर्ताहरूमाथि प्रहरीले सामान्य बल समेत प्रयोग गरेको बताइएको छ ।

जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम जसपाले घोषणा गरेको थियो । जसपाले संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई जारी राख्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top