ताजा समाचार


प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

द रियल समाचार     २०७७ माघ २५, आईतवार, ११: ५९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर १ को सातौं हिउँदे अधिवेशनको दोस्रो बैठक आज (आईतबार) बस्न लागेको छ ।

आजको बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ ।

बैठकमा प्रवेश गरे बैठक नै सञ्चालन हुन नदिने ओली पक्षको तयारी छ । यता, दाहाल-नेपाल समूहका नेता भीम आचार्यसहित ओली पक्षले कारवाही गरेका प्रदेशसभा सदस्यहरु बैठकमा जसरी पनि सहभागी हुने तयारीमा छन् । त्यसका लागि अवरोध गरे प्रतिकार गर्ने तयारी समेत उनीहरुले गरेका छन् ।

प्रदेशसभा सदस्य राजेन्दकुमार राईका अनुसार प्रदेशसभा अघि बस्ने आफ्नो पक्षको संसदीय दलको बैठकको निर्णयअनुसार बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा निष्कर्ष लगाइने छ ।

दाहाल-नेपाल समूहले मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गर्दै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top