काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह निकट बिद्यार्थीले आज प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन लागेका छन् ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा बिद्यार्थीहरु प्रधानमन्त्रीको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेको बताइएको छ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको बताए ।
उनले सकेसम्म प्रधानमन्त्रीलाई नै भेटेर विरोध पत्र बुझाउने, नभए सचिवालयमा बुझाउने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया