ताजा समाचार


आईपीएलमा ८ नेपाली खेलाडी अक्सनमा आफ्नो स्थान बनाउन सफल

द रियल समाचार     २०७७ माघ २४, शनिबार, १६: ४६ मा प्रकाशित




जनकपुरधाम । इन्डियन प्रिमियर लिग (आईपीएल) मा ८ जना नेपाली खेलाडीहरु अक्सनमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एसोसिएट राष्ट्र नेपालबाट ८ जना खेलाडी अक्सनमा परेको जनाएको छ । अक्सनमा पर्न सफल भएका नेपाली खेलाडीहरुमा सन्दिप लामिछाने, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरष भेष्वाकर, अविनाश बोहरा र दिपेन्द्र सिंह एैरी रहेका छन् ।

यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएका छन् । २७ जना खेलाडी एसोसिएट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । जसमा ८ खेलाडी नेपालका छन् ।

आईपीएलको अक्सन भारतको चेन्नईमा फेब्रुअरी १८ तारिखमा आयोजना गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top